विदेश भ्रमणमा ५ महिनामा ८५ अर्ब बाहिरियाे

0
Quantam abroad studies

चालु आर्थिक वर्षको पाँच महिनामा सेवा व्यापारतर्फ सरकारलाई ४० अर्ब ७१ करोड रुपैयाँ खुद घाटा लागेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वित्तीय विवरण अनुसार, भ्रमण आयतर्फ मुलुकले ३५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरे पनि सोही अवधिमा ८५ अर्ब १ करोड रुपैयाँ खर्च भएको छ।

केन्द्रीय बैंकका अनुसार भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भए पनि खर्च १२.२ प्रतिशतले बढेर ८५ अर्ब रुपैयाँभन्दा बढी पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय ३४ अर्ब १२ करोड रुपैयाँ रहँदा खर्च ७५ अर्ब ७३ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको यसै अवधिमा सेवा व्यापार घाटा २६ अर्ब ५५ करोड रुपैयाँ थियो। कूल भ्रमण खर्चमध्ये शिक्षातर्फ अधिकतम ४७ अर्ब ४१ करोड रुपियाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । 

यो वर्ष भ्रमण आयमा सामान्य वृद्धि भए पनि खर्चमा भएको उच्च वृद्धिले सेवा व्यापार घाटा झन् गहिरिएको छ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.