
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएकाे छ । उहाँले यो जानकारी नेकपा (एमाले) धुर्कोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै दिनुभएको हो।
मुख्यमन्त्री आचार्यले बजेट कार्यान्वयनमा निगरानी आवश्यक रहेकोमा जोड दिँदै, प्राथमिकताको आधारमा योजनाहरू तर्जुमा गरिने स्पष्ट पार्नुभयो। साथै, परेका बजेटको सदुपयोगमा बढी ध्यान दिनुपर्ने र जनस्तरको सक्रियता आवश्यक रहेको बताउँदै, योजना राम्रोसँग कार्यान्वयन र गुणस्तरीय रूपमा सम्पन्न गर्न आग्रह गर्नुभयो।

उहाँको भनाइमा, विकास योजनाहरूको सफल कार्यान्वयनका लागि जनस्तरबाटै निगरानी र सहभागिता हुनु आवश्यक रहेको छ। मुख्यमन्त्री आचार्यले आगामी दिनमा पनि विकासका योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको औंल्याउनुभयो।
