आजबाट विधिवत् रूपमा स्वस्थानी ब्रत सुरु

0
Quantam abroad studies

आजबाट विधिवत् रूपमा स्वस्थानी ब्रत सुरु भएको छ। वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधनाका साथ ब्रत सुरु हुने गर्दछ ।नेपालीहरूका लागि स्वस्थानी ब्रतको ठूलो महत्त्व रहेको पाइन्छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । शास्त्रा उल्लेख भएअनुसारका सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।आजैका दिन देखि खास गरि नेपाली महिलाहरुले शुद्ध र पवित्र भएर यो व्रत बस्ने गर्छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरूआत् हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा आराधना गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.