
माघे संक्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ। माघे संक्रान्ति पर्व नेपालमा विभिन्न समुदायले फरक तौरतरिकाले मनाउँछन् । फरक–फरक विधि र पम्परा अनुसार मनाइने माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा भने गोरु जुधाई आयोजना हुन्छ ।
पछिल्ला वर्षमा माघेसंक्रान्ति पर्व भन्ने बित्तिकै नुवाकोटको गोरु जुधाई पनि सम्झिन थालिएको छ ।
माघे संक्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जानकारी दिएका छन्।

जिल्लाको ताकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे संक्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए। उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन्।
‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष संख्या कम भएको छ
