
काठमाडौंको काँडाघारीबाट ४६२ किलो भन्दा बढी रक्तचन्दन बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन फेला पारेको हो। बरामद गरिएको रक्तचन्दनको तौल ४६२ किलो रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

यस घटनासँगै प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ। यद्यपि, उनीहरुको नाम र ठेगाना भने हालसम्म सार्वजनिक गरिएको छैन। अनुसन्धान जारी रहेको जनाइएको छ।
