कपिलवस्तुमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते

0
Quantam abroad studies

कपिलवस्तुमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। वाणगंगा नगरपालिका-११ को भित्री सडकखण्डमा भएको यो दुर्घटनामा एक नेपाली र एक भारतीय नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक, रुपन्देहीको सैनामैना-४ निवासी २७ वर्षीय रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन्। दुवै जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, डीएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्।

sahani furniture udyog

यस दुर्घटनामा घाइते भएका २६ वर्षीय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.