देशभर मौसम बदली,पश्चिममा विहानैदेखी वर्षा र हिमपात शुरू

0
Quantam abroad studies
काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा बदली आएको छ। सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा र हिमपात सुरू भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पश्चिमी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको प्रभाव बढी पर्ने जनाएकाे छ। मध्य र पूर्वी भेगका एक-दुई ठाउँमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना भने नरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज रातिसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ। आज दिनभर मौसम बदली रहने र रातिदेखि सुधार आउने पनि महाशाखाले उल्लेख गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.