प्यूठानमा डस्टविनभित्र नवजात शिशुको शव फेला, प्रहरीको अनुसन्धान जारी

0
Quantam abroad studies

प्यूठान, सरुमारानी ०२, दर्भानमा डस्टविनभित्र नवजात शिशुको शव फेला परेको छ। स्थानीयवासीहरूले फोहोर फ्याँक्ने ठाउँमा शिशुको शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, शव नवजात शिशुको भएको पुष्टि भएको छ। स्थानीयवासीहरूका अनुसार, शव फोहोरमैला फ्याँक्ने डस्टविनमा भेटिएको हो।

प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै थप अनुसन्धान सुरु गरेको छ। शवलाई परीक्षणका लागि अस्पताल पठाइएको छ भने घटनाको कारण पत्ता लगाउन प्रहरीले स्थानीयवासीसँग पनि सोधपुछ गरिरहेको छ।

sahani furniture udyog

यस घटनाले स्थानीय क्षेत्रका बासिन्दालाई स्तब्ध बनाएको छ। थप विवरणका लागि प्रहरीको अनुसन्धान जारी रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.