कपिलवस्तुमा साइकलमा लुकाएर ल्याएको १५ लाख रुपैयाँसहित १ युवक पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु जिल्लामा प्रहरीले स्रोत नखुलेको ठूलो रकम बरामद गरेको छ। मायादेवी गाउँपालिका–६ स्थित डुमरा चोक नजिकै बिहीबार एक साइकल यात्रीको झोलामा लुकाएर राखिएको १५ लाख ७० हजार रुपैयाँ प्रहरीले फेला पारेको हो।

विशेष सूचनाको आधारमा प्रहरीले गरेको जाँचको क्रममा मायादेवी गाउँपालिका–७, हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई उक्त रकमसहित पक्राउ गरेको हो। मिश्राले साइकलमा कालो झोलामा उक्त रकम लुकाएर राखेका थिए। प्रहरीले झोला खोलेर हेर्दा विभिन्न दरका नोटका बन्डलहरु फेला पारेको थियो। बरामद गरिएको रकममा १ हजार दरका ८९० वटा, ५ सय दरका १३२० वटा, १ सय दरका १८० वटा र ५० दरका ४० वटा नोटहरु रहेका छन्।

sahani furniture udyog

यति ठूलो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले मिश्रालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान जारी राखेको छ र यो रकम कहाँबाट आएको हो र कहाँ लैजाँदै थियो भन्ने बारेमा छानबिन गरिरहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.