पश्चिममा मौसम बदलीःतराईमा हुस्सु,हिमालमा हिमपात

0
Quantam abroad studies

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज बिहानैदेखि मौसम आंशिक बदली भएको छ। पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय भएपछि यी क्षेत्रमा मौसम परिवर्तन देखिएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने अनुमान गरिएको छ।

sahani furniture udyog

मौसम बदलीसँगै आज धेरै ठाउँमा तापक्रममा कमी आउने सम्भावना छ। विशेष गरी तराईका क्षेत्रमा हुस्सु लागेकाले मौसम चिसो रहन सक्ने देखिएको छ। काठमाडौं उपत्यकासहित देशका बाँकी स्थानहरूमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.