
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतले माग गरेको १ करोड धरौटी बुझाउन बैंक ग्यारेन्टीमार्फत आजै प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। कार्यबाहक प्रवक्ता प्रतिभा रावलका अनुसार, सभापति लामिछानेको धरौटी बुझाउने काम अन्तिम चरणमा पुगेको छ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लगाइएको छ। यस प्रकरणमा गत बुधबारदेखि बयान, थुनछेक र जवाफी बहस चलेपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने निर्णय गर्दै १ करोड धरौटी माग गरेको हो।

धरौटी बुझाउने प्रक्रिया पूरा भएपछि लामिछानेको रिहाइ प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ।
