
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। तीमध्ये मिसौरी १२ र कन्सासमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
यो खतरनाक आँधीले अमेरिकाका दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।

ट्र्याकर पावरआउटेजका अनुसार ७ राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा बिजुली छैन।मिसिगन, मिसौरी र इलिनोइस राज्यमा विद्युत् विच्छेद भएको हो।
