देशभर कतै बदली, कतै वर्षा त कतै हिमपातको सम्भावना

0
Quantam abroad studies

काठमाडौँ – देशभर मौसममा विविध परिवर्तन देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती र मधेस प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भागमा मौसम सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसोको मौसम पूर्वानुमान

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य प्रदेशमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा तथा मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।

रातिको मौसम अवस्था

sahani furniture udyog

आज राति कोशी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहँदा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्नेछ।

सतर्कता अपनाउन आग्रह

आगामी २४ घण्टाका लागि कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.