बसाईंसराई दर भयावह, गाउँ बुढ्यौलीमय, तराईमा जनसंख्या चाप

0
Quantam abroad studies

काठमाडौं – नेपालमा आन्तरिक बसाईंसराईको तीव्रताले गाउँघर बुढ्यौली पुस्तामात्रै बाँकी रहने अवस्थाको संकेत गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको “नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदन” अनुसार मुलुकभित्रै स्थायी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत पुगेको छ।

तथ्यांकअनुसार पहाडी क्षेत्रबाट सबैभन्दा बढी जनसंख्या पलायन भइरहेको छ। पछिल्लो दस वर्षमा पहाडबाट ३२ प्रतिशत, तराईबाट २८.९ प्रतिशत, र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक अन्यत्र सरेका छन्। प्रमुख कारणहरूमा आश्रय (२५.९%), विवाह (२४.९%), तथा रोजगारी (१९%) रहेका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डरीराज लामिछानेका अनुसार नेपालमा काम गर्नसक्ने उमेर समूहको जनसंख्या ६५.२ प्रतिशत भए पनि बसाईंसराईका कारण गाउँहरू ज्येष्ठ नागरिकमुखी बन्दै गएका छन्। १५ वर्षमुनिको जनसंख्या २७.८ प्रतिशत तथा ६५ वर्षमाथिको ६.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

sahani furniture udyog

यसैबीच, तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको छ। यदि यही प्रवृत्ति जारी रह्यो भने भविष्यमा तराई क्षेत्रको जनसंख्या चापले ठूलो चुनौती निम्त्याउन सक्ने विश्लेषण गरिएको छ। समग्रमा, नेपालको प्रजनन दर घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ, जसअनुसार ग्रामिण क्षेत्रमा कोरा जन्मदर १५.७ र शहरी क्षेत्रमा १३.६ रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ का पाँचवटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.