अर्घाखाँची बस दुर्घटनाः मृतक चार, पाँच जनाको अवस्था गम्भीर

0
Quantam abroad studies

अर्घाखाँचीको शितगंगा नगरपालिका–२, भुवनपाटामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा तीन महिला र एक पुरुष रहेको छ।

नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि गएको लु २ ख ३०३ नम्बरको बस फर्किने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो। दुर्घटनामा २७ जना घाइते भएका छन्, जसमा पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

sahani furniture udyog

घटनापछि स्थानीय तथा प्रहरी टोलीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिएका छन्।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.