
काठमाडौं महानगरपालिकाले शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनका क्रममा पुगेको क्षतिको जरिवाना तिराउने तयारी गरेको छ । क्षतिको प्रकृतिअनुसार कानुनबमोजिम जरिवाना तिराइने महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
उनका अनुसार, महानगरले सहरी योजना आयोग, सहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन थालेको छ ।

“महानगरको टोली हिजैदेखि फिल्डमा खटिएको छ ।
