सभामुख घिमिरेद्वारा लामिछानेको निलम्बन फुकुवामा असमर्थता

0
Quantam abroad studies

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन्। मंगलबार लामिछानेसहित रास्वपाका नेताहरूसँगको भेटमा उनले निलम्बन कानुनी प्रक्रिया अनुसार भएको भन्दै आफूले फुकुवा गर्न नसक्ने स्पष्ट पारे।

“तपाईंको पद सभामुखले निलम्बित गरेको होइन, कानुनअनुसार भएको हो,” घिमिरेले भने।

लामिछानेले संसद्को विषय संसद्बाटै समाधान गर्नुपर्ने भन्दै अपिल गरे पनि सभामुखले यस्तो कदमले भविष्यमा प्रतिशोधको माध्यम बन्न सक्ने चेतावनी दिए। भेटपछि लामिछाने बिदा भएर बाहिरिएका थिए।

sahani furniture udyog

यसअघि माघ १८ गते पनि लामिछानेले सभामुखलाई भेटी निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.