खेलकुदमा राजनीतिक भागबन्डा

0
Quantam abroad studies

गण्डकी प्रदेशमा खेलकुद विकास समितिको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा टुंगो लागेको छ। ११ जिल्लामध्ये हालसम्म ८ जिल्लामा पदाधिकारी चयन भइसकेका छन्, भने नवलपुर, मनाङ, र मुस्ताङमा टुंगो लगाउने प्रक्रिया बाँकी छ।

सहमति अनुसार नेपाली कांग्रेसले ६ जिल्लामा अध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी पाएको छ, भने एमालेले ५ जिल्लामा यी पदहरू प्राप्त गरेको छ। कांग्रेसको नेतृत्व कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, गोरखा, र मनाङमा रहनेछ भने एमालेले पर्वत, तनहुँ, नवलपुर, लमजुङ, र मुस्ताङको नेतृत्व गर्नेछ।

sahani furniture udyog

गएको फागुन ९ गते रिक्त भएका यी समितिका पदहरू हालै मनोनयन भई मंगलबार ८ जिल्लाका पदाधिकारीहरूले सपथ लिएका छन्। परिषद्का अध्यक्ष एवं मन्त्री दीपक थापाका अनुसार कांग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिव चयन गरेको छ भने एमालेले ६ जिल्लामा यी पदाधिकारी पाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.