देशभर वायु प्रदूषण बढ्दै, नियन्त्रणका लागि तत्काल कदम चाल्न विज्ञहरूको आग्रह

0
Quantam abroad studies

विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण गम्भीर बन्दै गएपछि वातावरणविद्हरूले तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन्।

संयुक्त विज्ञप्तिमार्फत वातावरणसँग सम्बन्धित संस्थाहरूले डढेलो नियन्त्रणमा स्थानीय समुदाय र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। उनीहरूले धुवाँ फाल्ने सवारी रोक्न, उपत्यकामा भित्रने धुलोयुक्त सवारीसाधनमा कडाइ गर्न र प्रदूषण कम नहुँदासम्म विद्यालय बन्द गर्न समेत सुझाव दिएका छन्।

sahani furniture udyog

अहिले काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (AQI) १७९ रहेको छ, जुन अस्वस्थ तहमा पर्छ। इसिमोडको अध्ययन अनुसार, विगत ९० दिनमा ७५ दिन काठमाडौंको हावा हानिकारक स्तरमा थियो।

वातावरण विभागले डढेलो, सवारीसाधन, उद्योग, फोहोर जलाउनेजस्ता गतिविधिहरू प्रदूषणका प्रमुख कारण रहेको बताउँदै सचेत रहन आग्रह गरेको छ। विशेष गरी बालबालिका, वृद्धवृद्धा र रोगीहरूमा वायु प्रदूषणले गम्भीर असर पार्ने भएकाले मास्क प्रयोग र सावधानी अपनाउन आग्रह गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.