कपिलवस्तुमा विद्युतीय सुरक्षा सम्बन्धी सचेतनामूलक प्रभातफेरी

0
Quantam abroad studies

विद्युतीय सुरक्षा दिवसको अवसर पारेर नेपाल विद्युत प्राधिकरण अन्तर्गत तौलिहवा र कृष्णनगर वितरण केन्द्रले सोमवार बिहान सचेतनामूलक प्रभातफेरीको आयोजना गरेका छन्।

प्रभातफेरीको नेतृत्व तौलिहवामा वितरण केन्द्रका प्रमुख गौरव पाण्डेयले र कृष्णनगरमा प्रमुख सुशील पौडेलले गरेका थिए। दुबै स्थानमा प्रभातफेरीले बजार क्षेत्रको परिक्रमा गर्दै विद्युत सुरक्षासम्बन्धी विभिन्न प्लेकार्डहरू प्रदर्शन गरिएको थियो। सहभागीहरूले “सावधानी अपनाऔं, ज्यान जोगाऔं”, “बिजुली चोरी नगरौं, दुर्घटना टारौं” जस्ता सन्देश बोकेका थिए।

तौलिहवाको प्रभातफेरी विद्युत कार्यालयबाट सुरु भई प्रशासन कार्यालय हुँदै बजार परिक्रमा गरिएको थियो भने कृष्णनगरमा वितरण केन्द्रबाट सुरु भएको र बजार क्षेत्रको परिक्रमा गरेको हो।

कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सम्बोधन गर्दै खुला सिमानाका कारण व्यवसायीहरू समस्यामा परेको विषय आफूलाई थाहा रहेको बताउँदै सीमामा सुरक्षा व्यवस्था कडाई गरिने जानकारी दिए। साथै, व्यवसायिक समस्या समाधानका लागि व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।

विद्युत सुरक्षाप्रति जनचेतना फैलाउने उद्देश्यले गरिएको यस कार्यक्रममा पाण्डेयले करेन्ट लागेर ज्यान जाने तथा धनजनको क्षति हुने घटनाहरू सावधानी नअपनाउँदाको परिणाम भएको स्पष्ट गरे। उनले सुरक्षित रूपमा विद्युत प्रयोग गर्न र लोभ लालचमा नपरी सतर्कता अपनाउन आग्रह गरे।

sahani furniture udyog

त्यस्तै, कृष्णनगर वितरण केन्द्र प्रमुख सुशील पौडेलले काम गर्दा सुरक्षासामग्रीको प्रयोग अनिवार्य गर्नुपर्ने बताए। साथै, विद्युत चोरीले जोखिम बढाउने भएकाले यसलाई निरुत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिए।

नेपाल विद्युत प्राधिकरणले बाणगंगा नदीको पश्चिम भागमा तौलिहवा र पूर्व भागमा कृष्णनगर वितरण केन्द्रमार्फत विद्युत आपूर्ति गर्दै आएको छ।

सुरक्षित आपूर्ति र जिम्मेवार प्रयोगको माध्यमबाट सम्भावित दुर्घटनाहरू टार्न सकिने भन्दै कार्यक्रममा सहभागीहरूले सचेतता फैलाउने प्रतिबद्धता जनाएका थिए।

4o

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.