सुनको मूल्यमा नयाँ किर्तिमान, एकैदिन तोलामा ५ हजार ७ सयले बढ्याे

0
Quantam abroad studies

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.