राति चलेको हावाहुरीले गुल्मीमा ३६ लाखभन्दा बढीको क्षति

0
Quantam abroad studies

गुल्मी, चैत २८ – बुधबार राति चलेको तेज हावाहुरीले गुल्मी जिल्लामा ३६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरीबाट कालीगण्डकी गाउँपालिकाका ३, मालिका गाउँपालिकाका ११, धुर्कोटका ९, रुरुका १ र रेसुङ्गा नगरपालिकाका २ घरमा क्षति पुगेको छ।

धुर्कोट–४ स्थित अरुण गैरेले सञ्चालन गरेको सुपारी होटलमा मात्र पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। होटलको छानासहित संरचनामा क्षति पुगेको हो।

sahani furniture udyog

यस्तै, मालिका–४ स्थित अर्खबाङ्ग माध्यमिक विद्यालयको कम्प्युटर ल्याब, शौचालय र पुस्तकालय भवनको छाना उडेको छ। विद्यालयलाई करिब १ लाख ५० हजार र अर्खबाङ्ग कृषि तथा पशु सहकारीलाई १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख राजन भुजेलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यो प्रारम्भिक विवरण मात्रै भएको र थप विवरण संकलनका लागि पालिकाहरूलाई आग्रह गरिएको बताए। राहतका कार्यक्रम भने हाल प्रशासनबाट नरहेको जनाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.