योगी आदित्यनाथ नेपालमा राजतन्त्रको पक्षमा छैननः शेरबहादुर देउवा

0
Quantam abroad studies

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे केही दिनअघि दिएको अभिव्यक्तिलाई खण्डन गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै देउवाले आफू गलत सूचनाको आधारमा बोलेको स्वीकार गरे।

“अस्ती मैले भारतका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा पुगेको भनेर बोलेँ, तर त्यो जानकारी गलत रहेछ,” देउवाले स्पष्ट पारे, “वास्तवमा, आदित्यनाथ स्वयं दूतावास आएका थिएनन्, नेपाली राजदूत उहाँलाई भेट्न गएका थिए। त्यस क्रममा उनले नेपालमा राजतन्त्रको पक्षमा नभएको बताएका हुन् भन्ने कुरा पुष्टि भएको छ।”

sahani furniture udyog

देउवाले आफूले दिएको अघिल्लो टिप्पणीको स्पष्ट खण्डन गर्दै अनावश्यक भ्रम सिर्जना नहोस् भन्ने चाहना व्यक्त गरे। साथै, उनले योगी आदित्यनाथको फोटो राखिएको विषय पनि गलत व्याख्या भएको बताए।

कार्यक्रममा देउवाले बीपी कोइरालाको नाममा स्थापना भएको सहकारी संस्था र अस्पतालले पारदर्शिता र सामाजिक उत्तरदायित्व कायम राख्नुपर्नेमा जोड दिए। “बीपीको नाममा खुलेको सहकारीले बदनाम हुने खालका गतिविधि नगरोस् भन्ने मेरो विश्वास छ,” उनले भने।

साथै, उनले अस्पतालले राष्ट्रसेवामा समर्पित भई इमानदार ढंगले काम गर्ने अपेक्षा समेत व्यक्त गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.