नयाँ वर्षको स्वागत सडकमै: शिक्षकहरूको आन्दोलन जारी

0
Quantam abroad studies

काठमाडौं, १ बैशाख २०८२ – नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन पनि प्रदर्शनमार्फत मनाएका छन्।

सोमबार माइतीघर–बानेश्वर सडक खण्डमा १३औं दिन प्रवेश गरिसकेको आन्दोलन यथावत् रुपमा जारी रह्यो। प्रदर्शनमा सहभागिता जनाउँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “नयाँ वर्षको सुरुवात पनि हामीले विद्यार्थी, शिक्षक–कर्मचारी र सम्पूर्ण विद्यालय शिक्षाको गुणस्तर उन्नयनका लागि सडकबाटै गर्नुपरेको छ।”

महासंघले चैत २० गतेदेखि औपचारिक रूपमा आन्दोलन सुरु गरेको हो। आन्दोलनकै क्रममा सरकार र महासंघबीच पटक–पटक संवाद भएका छन्, तर हालसम्म कुनै ठोस सहमति बन्न सकेको छैन।

sahani furniture udyog

सरकारको तर्फबाट शिक्षकहरूको सेवा–सुविधा सुधारका विषयमा मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयमार्फत निर्णय गरिने र आगामी संसद् अधिवेशनमा शिक्षा ऐन प्रस्तुत गरिने आश्वासन दिइएको छ। तर महासंघले स्पष्ट रूपमा भनेको छ — “सहमति नभएसम्म आन्दोलन अविच्छिन्न रुपमा जारी रहनेछ।”

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.