सप्तकाेशीकाे किनार बाट १८० केजी गाँजा बरामद

0
Quantam abroad studies

उदयपुर, १ बैशाख २०८२ – उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारबाट सोमबार बिहान प्रहरीले १८० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बेवारिसे अवस्थामा फेला पारेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी चौकी कोठूबाट खटिएको टोलीले बिहान १:५० बजे उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

sahani furniture udyog

गाँजा ६ वटा बोरा भित्र प्लास्टिकमा बेरी लुकाएर राखिएको थियो। बरामद गरिएको गाँजा हाल रामपुर ठोक्सिला प्रहरी कार्यालयमा राखिएको छ भने संलग्न व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार यसअघि पनि बेलका नगरपालिकाको विभिन्न वडाबाट पटक–पटक ठूलो मात्रामा गाँजा बरामद हुँदै आएको छ। केही घटनामा मानिसहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धानपछि कानुनी कारबाही समेत गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.