शुद्धोधन पालिका प्रमुख चौधरीमाथि मध्यरातमा गोली प्रहार

0
Quantam abroad studies

कपिलवस्तु, बैशाख ५ – कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति अज्ञात व्यक्तिबाट गोली प्रहार भएको छ।

प्रहरीका अनुसार घटना राति करिब ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका–१, पकडीस्थित चौधरीको निजी निवासमा भएको हो। अध्यक्ष चौधरी शौचालय गएर घर फर्किने क्रममा लक्षित गर्दै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

भाग्यवश गोली अध्यक्षलाई नलागी घरको भित्तामा लागेको र घटनास्थलबाट एकथान गोलीको खोका बरामद गरिएको अधिकारीले बताए। घटना हुँदा घरमा विद्युत सेवा अवरुद्ध भएको थियो, जसले आक्रमणलाई सहज बनाएको आशंका गरिएको छ।

sahani furniture udyog

प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ भने आक्रमणकारीको खोजी भइरहेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.