
कपिलवस्तु — सामाजिक सञ्जाल टिकटकमा पेस्तोल देखाएर भिडियो सार्वजनिक गर्ने एक युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
शुद्धोधन गाउँपालिका–६ निवासी २१ वर्षीय रघुबिन्द यादवलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले वैशाख ६ गते टिकटकमा हतियार देखाएर बनाएको भिडियो पोष्ट गरेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यादवलाई मायादेवी गाउँपालिका–१, पकडीस्थित एक होटलबाट पक्राउ गरिएको हो। पक्राउपछि यादवमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले सामाजिक सञ्जालमा आपराधिक गतिविधिलाई प्रोत्साहन गर्ने कार्यप्रति कडाइका साथ निगरानी गर्दै आएको बताएको छ।
