कपिलवस्तुमा निलगाईको शिकार गर्ने युवक हतियारसहित पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु, वैशाख २१ – संरक्षित वन्यजन्तु निलगाईको अवैध शिकारमा संलग्न भएको आरोपमा कपिलवस्तु प्रहरीले एक व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति शिवराज नगरपालिका–२ का फरहान खाँन हुन्।

गएराति करिब १ बजे इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी उदरपुरको संयुक्त टोलीले स्थानीयवासीको सहयोगमा खाँनलाई महाराजगञ्ज–६, सानो बुटहनियास्थित एक उखुबारीबाट नियन्त्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले मरेको निलगाई, शिकारमा प्रयोग गरिएका सवारी साधनहरू र हतियारसमेत बरामद गरेको छ।

खाँनको साथमा बा १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको भारतीय नम्बर प्लेट भएको पिकअप भ्यान, लु ५० प ४१२ नम्बरको मोटरसाइकल तथा अर्को एउटा भारतीय मोटरसाइकल रहेका थिए। प्रहरीले ती सबै सवारीसाधन नियन्त्रणमा लिएको छ।

पक्राउ परेका खाँनको झोलाबाट प्रहरीले ६ राउण्ड गोली, चक्कु र अन्य शिकारमा प्रयोग गरिने उपकरणहरू पनि फेला पारेको छ। बरामद गरिएका सम्पूर्ण वस्तुहरू – मरेको निलगाई, सवारी साधन, गोली र अन्य सामग्री – गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

sahani furniture udyog

यस घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरको नेतृत्वमा सुरु गरिएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू सुनियोजित रूपमा संरक्षित वन्यजन्तुको शिकारमा संलग्न भएको आशंका गरिएको छ।

संरक्षित वन्यजन्तुको शिकार वन्यजन्तु संरक्षण ऐन, अनुसार गम्भीर अपराध मानिन्छ र यसमा संलग्न पाइएका व्यक्तिलाई कानुनअनुसार कडा कारबाही गरिने जनाइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.