सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुँदै

0
Quantam abroad studies

काठमाण्डौ — प्रि–मनसुन प्रणाली सक्रिय रहँदा देशभरको मौसममा उतारचढाव देखिएको छ। मौसमविद्हरूका अनुसार, हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देशमा देखिएको छ। त्यसकै कारण आज पनि देशका विभिन्न स्थानहरूमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। सबैभन्दा धेरै पानी सिराहा जिल्लामा परेको रिपोर्ट गरिएको छ।

महाशाखाका अनुसार, आज पहाडी भू–भागका केही स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्छ। साथै, उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको छ।

sahani furniture udyog

त्यस्तै, मधेश, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावनाबारे पनि चेतावनी दिइएको छ।

महाशाखाले वर्षा र हावाहुरीका कारण जनजीवन, कृषि, स्वास्थ्य, यातायात— विशेषगरी सडक तथा हवाई सेवा—मा असर पर्न सक्ने भन्दै सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.