नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो, ९ महिनामा २ अर्ब ८४ करोडको नाफा

0
Quantam abroad studies

काठमाडौं — नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा २ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएको छ। टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको करपछिको नाफा गत वर्षको तुलनामा ४८.६७ प्रतिशतले घटेको हो।

गत वर्ष सोही अवधिमा कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यसपालि नाफामा आएको गिरावटको मुख्य कारण स्थगन कर (Deferred Tax) मा देखिएको उच्च खर्च हो। संचालक समितिको निर्णयअनुसार कर्मचारी निवृत्तिभरणको व्यवस्था गर्न ४ अर्ब ९७ करोड रुपैयाँ छुट्याइएको टेलिकमले जनाएको छ।

यसबाहेक, ओटीटी सेवाको प्रयोग बढेसँगै अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा २२.३७ प्रतिशतले कमी आएको छ। जीएसएम लाइसेन्स नवीकरणका लागि गत वर्ष २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गर्नुपरेको र लगानीको ब्याजदर क्रमिक रूपमा घट्दै जाँदा कम्पनीको समग्र आम्दानीमा असर परेको हो।

sahani furniture udyog

यद्यपि, करअघिको नाफा १६.८२ प्रतिशत र ब्याज, कर तथा ह्रासकट्टिअघिको नाफा (EBITDA) मा ५.८९ प्रतिशत वृद्धि भएको देखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.