भारत लैजाँदै गरिएका १९ नेपाली बालकको सुनौली नाकाबाट उद्धार

0
Quantam abroad studies

भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययनका लागि अवैध रूपमा लगिँदै गरेका १९ जना नेपाली बालकहरूलाई सुनौली–बेलहिया सीमाबाट उद्धार गरिएको छ।

ती बालकहरूलाई अभिभावक र आवश्यक कागजात विना भारततर्फ लैजाने क्रममा भारतको ‘किन इन्डिया’ संस्था र भारतीय सुरक्षा निकाय एसएसबीको पहलमा उद्धार गरिएको हो।

उनीहरू सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाका १० देखि १६ वर्ष उमेर समूहका हुन्।

यसअघि पनि यस्ता घटनामा नेपाली बालकहरूलाई बौद्ध गुम्बामा यातना दिइएको, माग्न लगाइएको र अभिभावकसँग सम्पर्क विहीन अवस्थामा राखिएको पाइएकाले उद्धार गरिएको बताइएको छ।

sahani furniture udyog

हाल बालकहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ भने अभिभावकको खोजी गरी घर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अधिकारकर्मीहरूका अनुसार बालबालिकालाई विदेश लैजान कानुनी प्रक्रिया आवश्यक हुन्छ, जसमा अभिभावकको अनुमति र सरकारी कागजात अनिवार्य छ।

नाेटः यो चित्र एक कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा बनाइएको प्रतिनिधित्व मात्र हो, जसले समाचारमा उल्लेखित घटनाको दृश्य अवधारणा बुझाउन सहयोग गर्ने उद्देश्यले तयार गरिएको हो। चित्रमा देखिएका व्यक्ति वास्तविक होइनन्, र जीवित वा मृत कुनैपनि व्यक्तिसँग मिल्दोजुल्दो हुनु संयोग मात्र हो। यसलाई वास्तविक घटना वा संलग्न व्यक्तिहरूको वास्तविक फोटो भनेर नबुझ्न अनुरोध गरिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.