राजसंस्थाबारे देउवाको भनाइ भ्रामक: कांग्रेसले निकाल्याे विज्ञप्ती

0
Quantam abroad studies

काठमाडौं, ८ जेठ – नेपाली कांग्रेसले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम जोडेर सार्वजनिक गरिएका राजसंस्थासम्बन्धी समाचारप्रति कडा आपत्ति जनाएको छ। पार्टीले ती समाचारलाई “भ्रामक र कपोकल्पित” भन्दै खण्डन गरेको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ।”

विज्ञप्तीमा सभापति देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख छ। “नागरिकलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका लागि देउवाले सदैव अग्रसरता देखाउँदै आएका छन्,” विज्ञप्तीमा उल्लेख छ।

sahani furniture udyog

कांग्रेसले यस विषयमा सत्यता नबुझी प्रचार गरिएका समाचारले जनता भ्रमित हुन सक्ने भन्दै मिडियालाई जिम्मेवार पत्रकारिताका लागि आग्रह पनि गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.