दिल्ली–काठमाडौं सिधा रेलको तयारी : अन्तिम भू –सर्वे जारी

0
Quantam abroad studies

काठमाडौं – भारतको रक्सौलदेखि नेपाल राजधानी काठमाडौंसम्म सीधा रेल सेवा सञ्चालनको सम्भावना बलियो बन्दै गएको छ। करिब १३६ किलोमिटर लामो प्रस्तावित रेलमार्गको अन्तिम भू–सर्वे भारतको कोकण रेल्वे कर्पोरेशन लिमिटेडले तीव्र गतिमा अगाडि बढाइरहेको छ।

१३ वटा स्टेशन रहने अनुमान गरिएको यस रेलमार्गको लागत करिब २५ हजार करोड भारतीय रुपैयाँ पर्नेछ। सर्वे सम्पन्न भएपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर प्रक्रिया सुरु गरिनेछ।

हाल रक्सौल दिल्लीसँग रेलमार्फत् जोडिएको छ। नयाँ रेलमार्गले सोही सञ्जाललाई काठमाडौंसम्म विस्तार गर्ने योजना छ। परियोजना पूरा भएपछि रक्सौल–काठमाडौं यात्रा २–३ घण्टामा सम्भव हुने अनुमान गरिएको छ, जुन हाल सडकमार्ग हुँदै ५ घण्टासम्म लाग्छ।

sahani furniture udyog

यसले नेपाल–भारत व्यापार प्रवर्द्धनमा मद्दत गर्नुका साथै क्षेत्रीय यातायात पूर्वाधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.