आलमलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

0
Quantam abroad studies

रौतहट बम विस्फोट घटनामा संलग्न रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलगायतलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिनको मागसहित न्यायपरिषद्मा उजुरी दर्ता गरिएको छ।

युवराज पौडेल नाम गरेका व्यक्तिले उच्च अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्नुपर्ने माग गर्दै न्यायपरिषद्मा औपचारिक उजुरी दिएका हुन्। उनले न्यायसम्पादन प्रभावित हुने भन्दै उनीहरूलाई तत्काल पदबाट निलम्बन गरी निष्पक्ष अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन्।

उजुरीमा ती दुई न्यायाधीशले विगतमा गरेका विवादास्पद निर्णयहरू पनि पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ। पौडेलले आलमलाई सफाइ दिने फैसला कानूनी र प्रमाणको मापदण्ड विपरीत भएको आरोपसमेत लगाएका छन्।

sahani furniture udyog

यसअघि जिल्ला अदालतले आलमसहितलाई दोषी ठहर गर्दै विशेष आदेशमार्फत पीडित र साक्षीको संरक्षणको व्यवस्था गरेको थियो। अदालतले विभिन्न प्रमाणहरूका आधारमा व्यक्तिको हत्या गरिएको ठहरसमेत गरेको थियो।

तर उच्च अदालतले ती निर्णय उल्ट्याउँदै आलमलगायतलाई सफाइ दिएको थियो। सोही फैसलाले न्यायालयप्रति जनविश्वास घट्ने खतरा रहेको भन्दै न्यायपरिषद्मा छानबिनको मागसहित उजुरी परेको हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.