“एमालेको झोला बोकेकोमा गर्व छ” – अध्यक्ष ओली

0
Quantam abroad studies

काठमाडौँ, जेठ १९ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू एमालेको प्रतिबद्ध कार्यकर्ता रहेको र त्यसमा आफूलाई गर्व रहेको बताएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई “झोले” भन्ने आलोचना हुँदा पनि त्यसलाई नकारात्मक रूपमा नलिने उल्लेख गरे। उनले भने, “म एमालेको झोले हुँ। यो झोलामा देश र जनताको परिवर्तनको आकांक्षा बोकेको छु। त्यसमा मलाई गर्व छ।”

उनले आलोचना गर्ने प्रवृत्तिबाट माथि उठ्नुपर्ने आवश्यकता औंल्याउँदै, “सधैं खोट मात्र खोज्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्छ। बौद्धिक वर्गले सही विचारलाई समर्थन गर्नु जरुरी छ,” भन्दै देशविरोधी तथा अनुचित कार्यको विरोध गर्न सबैलाई आग्रह गरे।

sahani furniture udyog

ओलीले बुद्धिजीवी वर्गलाई सुझाव दिँदै भने, “तपाईंहरू केवल बुद्धि बेचेर खाने वर्ग होइन, जिम्मेवार बौद्धिक वर्ग हो। सही विचारहरूलाई अझ परिष्कृत बनाउन सुझाव दिनुहोस्।”

कार्यक्रममा ओलीले एमालेले राष्ट्रिय एकतालाई सधैं प्राथमिकतामा राखेको स्मरण गराउँदै लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। “पृथ्वीपथका नाममा राजतन्त्र पुनर्स्थापनाको कुरा गर्नु अहिलेको सन्दर्भमा अप्रासङ्गिक छ,” उनको भनाइ थियो।

उनले पार्टीभित्रको गुटबन्दी, व्यक्तिगत महत्वाकांक्षा तथा स्वार्थ त्यागेर राष्ट्रिय हित र समृद्ध नेपालको मार्गमा अघि बढे एमाले फेरि एकल बहुमतसहितको पार्टी बन्न सक्ने विश्वास व्यक्त गरे।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.