
ताैलिहवा, कपिलवस्तु ।
११६ औं भवानी भिक्षु जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा अवधी साहित्यकार श्याम प्रकाशलाल श्रीवास्तवलाई “भवानी भिक्षु स्मृति पुरस्कार” प्रदान गरिएको छ। सोही अवसरमा वरिष्ठ साहित्यकार हरिराज शर्मालाई कदर पत्रद्वारा सम्मानित गरिएको छ।
कार्यक्रममा विशिष्ट अतिथि, स्रष्टा, साहित्य अनुरागी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्मानित दुवै साहित्यकारको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आयोजकहरूले भवानी भिक्षुको साहित्यिक विरासतलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको संयोजन भवानी भिक्षु जन्म जयन्ती समारोह समितिले गरेको थियो। कार्यक्रममा कवि गोष्ठी समेत आयोजना गरिएको थियो जसमा विभिन्न स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए।

सम्मानित साहित्यकारहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ सशक्त सिर्जनात्मक यात्राको शुभकामना व्यक्त गरियो।

