कपिलवस्तु वडा नं. १ का सुत्केरी महिलालाई स्वास्थ्य सुरक्षाका लागि झुल वितरण

0
Quantam abroad studies

कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सुत्केरी महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै ४० बढी महिलालाई सुपानेट झुल वितरण गरेको छ।

गौढीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मोहम्मद जाहिद खालले गर्भवती र सुत्केरी महिलालाई झुल प्रदान गरे। यस अभियानले सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्दै, पुरानो परम्परागत घरमै सुत्केरी गराउने चलनलाई हटाउन मद्दत गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा सहभागी स्वास्थ्य केन्द्रकी अहेब सृजना भट्टराईका अनुसार, “स्वास्थ्य प्रोटोकलअनुसार चार पटक नियमित जाँच गराएका र अस्पतालमा सुत्केरी भएका महिलालाई यो सुविधा उपलब्ध गराइएको हो। मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको छ।”

sahani furniture udyog

वडा कार्यालयका अनुसार, यो अभियान अन्तर्गत वडाका २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने योजना रहेको छ। स्वास्थ्य सचेतना र सुरक्षालाई प्राथमिकतामा राख्दै वडा नम्बर १ ले गरेको यो कदमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.