
सुनसरी, असार २ – रामधुनी नगरपालिका–२ शिवनगरमा बाख्रा चोरी गर्न आएका व्यक्तिमाथि खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु भएको छ। रामधुनी–२ का सन्तोष चौधरीले बाख्रा चोर समूहमाथि खुकुरी प्रहार गर्दा रामधुनी–४ निवासी राकेश चौधरीको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय झुम्काका प्रहरी निरीक्षक सुजन मुदेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि विराटनगर पठाइएको छ।

प्रहरीले खुकुरी प्रहार गर्ने सन्तोष चौधरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले हत्या सम्बन्धी थप अनुसन्धान भइरहेको बताए।
