कपिलवस्तुमा ट्याक्टर पोखरीमा खस्दा रोपाइँका लागी हिडेका २ महिलाको मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु, असार ९ गते — कपिलवस्तु नगरपालिका–८, पश्चिम बेलहवामा सोमबार बिहान एक दर्दनाक दुर्घटना भएको छ। रोपाइँका लागि खेततर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको पोखरीमा खस्दा दुई जना महिलाको ज्यान गएको हो।

मृत्यु हुनेमा सोही ठाउँकी २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरी रहेका छन्। उनीहरूबीच पारिवारिक सम्बन्ध रहेको वा संयोगवश नाम उस्तै परेको भन्ने पुष्टि हुन बाँकी छ।

वडाध्यक्ष शिवकुमार पाण्डेयका अनुसार बिहान साढे १० बजेतिर ट्याक्टर नयाँ बनेको माटोको बाटो हुँदै खेततर्फ जाँदै थियो। बाटो चिप्लो भएकाले ट्याक्टर अनियन्त्रित भई सिधै पोखरीमा खसेको हो। पोखरीमा खसेको ट्याक्टरमा दबिएर महिलाहरूको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुमान छ।

sahani furniture udyog

ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। अन्य चार जना भने सकुशल रहेको र सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ट्याक्टर पूर्ण रूपमा पानीमा डुबेका कारण त्यसको नम्बर खुल्न सकेको छैन। ट्याक्टर बाहिर निकाल्ने प्रयास भइरहेको छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले दुबै महिलालाई मृत घोषणा गरेका हुन्। घटनालगत्तै प्रहरी टोली पुगेको थियो र आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरी उपरीक्षक मोहनमणि अधिकारीले घटनाबारे विस्तृत जानकारी दिँदै भने, “दुर्घटनापछि दुई महिलालाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो। चिकित्सकले मृत घोषणा गर्नुअघि हामी पुष्टि गर्न सकेका थिएनौं। अहिले घटनास्थलमा थप अनुसन्धान जारी छ।”

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.