देशमा रासायनिक मलकाे अभाव छैनः कृषि मन्त्री

0
Quantam abroad studies

कृषि र पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशमा आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले किसानले चिन्ता नलिन आग्रह गर्नुभएको छ।

विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूको जिज्ञासामा जवाफ दिँदै उहाँले चालु आवमा ३ लाख ४५ हजार मेट्रिक टन मल आयात भइसकेको र ६४ हजार मेट्रिक टन मौज्दात रहेको जानकारी दिनुभयो। थप १ लाख ४२ हजार मेट्रिक टन मल असार मसान्तसम्म आइपुग्ने बताउँदै, धान रोपाइँको आवश्यकताअनुसार युरिया र डिएपी पर्याप्त हुने उल्लेख गर्नुभयो।

आगामी आवका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसबाट ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना छ। हाल ३ लाख मेट्रिक टनको लागि बोलपत्र आह्वान भइसकेको छ।

दुग्ध भुक्तानी र उखु अनुदानबारे जानकारी दिँदै मन्त्री अधिकारीले ५ अर्ब ६८ करोडको बाँकी भुक्तानीमध्ये अधिकांश भुक्तान भइसकेको र अहिले ९० करोड (सरकारी) र ३ अर्ब (निजी) बाँकी रहेको बताउनुभयो। उखु किसानलाई गत असारमा १ अर्ब ४१ करोड अनुदान दिइएको र आगामी वर्षका लागि २ अर्ब विनियोजन गरिएको छ।

sahani furniture udyog

कृषि उद्यमशीलता प्रवर्द्धनका लागि, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ६४६ वटा साना-मझौला उद्यमीलाई सहयोग गर्ने योजना छ।

किसान सूचीकरण सम्बन्धमा मन्त्रीले २३ लाख २० हजार किसान परिवार सूचीकृत भइसकेको बताउँदै, सूचीकरणपछि किसान परिचयपत्र, भूमि बैंक र पेन्सन कार्यक्रम लागू गर्न सकिने बताए।

कृषि कर्जा सरलीकरण र जवाफदेहिता कायम गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग समन्वय गरिएको र अनुदान व्यवस्थामा दोहोरोपना हटाउन कानुनी र कार्यगत सुधार गरिँदै गएको मन्त्री अधिकारीको भनाइ थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.