कृष्णनगर नगरपालिकाले ल्यायाे ७६ करोडको बजेट, पूर्वाधार र सेवाप्रवाहमा प्राथमिकता

0
Quantam abroad studies

कपिलवस्तु, १० असार —
कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ करोड ७६ लाख ३९ हजार ९ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १४औं नगरसभा बैठकबाट नीति तथा कार्यक्रमहरू सर्वसम्मतिले पारित गरिएका हुन्।

यस वर्षको बजेटमा सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, ढल व्यवस्थापन, शहरी पूर्वाधार, कृषि तथा पशुपालन, सीप विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र संरक्षण कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।

नगर प्रमुख रजत प्रताप शाहले नीति तथा कार्यक्रमहरू कार्यान्वयनमार्फत प्रविधिमैत्री, जनउत्तरदायी र सुशासनयुक्त प्रशासनको माध्यमबाट लोककल्याणकारी सेवा विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले नगरको वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।

sahani furniture udyog

नगरसभा बैठकमा आर्थिक विधेयक, विनियोजन विधेयक तथा विज्ञापन विधेयक–२०८२ समेत पारित गरिएको छ। बैठकमा नगर उप–प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा तथा सम्पूर्ण नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.