कपिलवस्तु नगरपालिकाको १८औं नगरसभा सम्पन्न, १ अर्ब २३ करोडको बजेट तथा नीति कार्यक्रम सार्वजनिक

0
Quantam abroad studies

कपिलवस्तु, १० असार —
कपिलवस्तु नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २३ करोड रुपैयाँको बजेट विनियोजन गर्दै १८औं नगरसभा सार्वजनिक गरेको छ। मंगलबार नगरप्रमुख सुदीप पौडेलको अध्यक्षतामा बसेको नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

नगर प्रमुख पौडेलले नगरपालिकाको मूल नाराका रूपमा “सुशासन, स्वास्थ्य, समृद्ध र खुसी जनता” लाई अंगिकार गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। उहाँले अधुरा तथा बहुवर्षीय योजनालाई प्राथमिकता दिइने स्पष्ट गर्दै पूर्वाधार विकाससँगै जनजीवन सुदृढ गर्ने योजनाहरू प्रस्तुत गर्नुभयो।

यस वर्षको नीति तथा कार्यक्रममा सिद्धार्थ गौतमको विवाह महोत्सव भव्य रूपमा आयोजना गरिने उल्लेख छ, जसबाट धार्मिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक जागरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

sahani furniture udyog

नगरसभा बैठकमा नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, विभिन्न वडाध्यक्षहरू, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

बजेटले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि तथा पर्यटन विकासमा केन्द्रित कार्यक्रम समावेश गरेको छ। आगामी वर्ष योजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत कपिलवस्तुलाई समृद्ध नगरको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.