यशोधरा गाउँपालिकाको ५० करोड बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक

0
Quantam abroad studies

कपिलवस्तु, असार १० – SM News
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोड ४४ लाख ५८ हजार रुपैयाँको बजेट विनियोजन गर्दै १६औं गाउँसभा सम्पन्न गरेको छ। मंगलबार गाउँपालिका प्रमुख शिवदयाल तिवारीले पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले यो वर्षको नीति तथा कार्यक्रमलाई “खुसी नगरबासी : समृद्ध यशोधरा गाउँपालिका” भन्ने मूल नारासहित सार्वजनिक गरेको हो। साथै, ‘जलासय, कृषि, वन र पूर्वाधार : खुसी, मूल आधार’ भन्ने दीर्घकालीन सोच राख्दै योजना तय गरिएको बताइएको छ।

मुख्य रूपमा बहुवर्षीय र अपूरा योजना, आधारभूत पूर्वाधार, कृषि, जल स्रोतको संरक्षण, वन व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र रोजगारी सिर्जना जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री बृजेश कुमार गुप्ताले सभा सुरु हुनु अघि ब्यानर पढेर औपचारिक रूपमा उद्घाटन गर्नुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री धर्म बहादुर लाल श्रीवास्तव, गाउँपालिकाकी उपाध्यक्ष गुंजा देवी मोर्या, जिल्ला समन्वय समिति अध्यक्ष बाबुराम आचार्य, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, गाउँपालिका कर्मचारी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष दिलराम भुसाललगायतको उल्लेखनीय उपस्थिति थियो।

sahani furniture udyog

कार्यक्रममा लेखा अधिकृत निराजन राज लम्सालले चालु वर्षका लागि विनियोजित बजेट तथा खर्च संरचनाको विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिनुभयो।

गाउँपालिकाको नीति तथा कार्यक्रमले दीर्घकालीन सोच, समावेशी विकास र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरूलाई समेटेको स्थानीय बासिन्दाहरूको प्रतिक्रिया छ।

📌 SM News ले आगामी दिनमा यशोधरा गाउँपालिकाका योजनाहरूको कार्यान्वयन प्रगति, उपलब्धि र चुनौतीहरूमाथि निरन्तर अनुगमन गर्नेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.