कृष्णनगरमा विपत व्यवस्थापन सामग्री हस्तान्तरण

0
Quantam abroad studies

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विपद् व्यवस्थापन सामग्री सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म कृष्णनगर र इलाका प्रहरी कार्यालय कृष्णनगरलाई हस्तान्तरण गरेको छ।

नगरप्रमुख रजत प्रताप शाहले आपतकालीन अवस्थामा शीघ्र राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सामग्री वितरण गरिएको जानकारी दिनुभयो।

सामग्रीहरू सशस्त्र प्रहरी नायब उपरीक्षक तुला चौधरी र प्रहरी निरीक्षक इश्वरी लौडारीलाई हस्तान्तरण गरिएको हो। चौधरीले नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो भने निरीक्षक लौडारीले सामग्रीले सुरक्षाकर्मीलाई विपत् व्यवस्थापनमा थप सहजता पुग्ने बताए।

sahani furniture udyog

हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा पत्रकारको उपस्थिति थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.