‘आत्मनिर्भर देश’काे लक्ष्यसहित १ महिने उत्पादन अभियानमा विप्लव सहित नेकपा

0
Quantam abroad studies

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘आत्मनिर्भर देश’ बनाउने उद्देश्यसहित देशव्यापी एक महिने उत्पादन अभियानलाई तीव्र बनाएको छ। असार १० देखि सुरु भएको अभियान साउन १० सम्म सञ्चालन हुनेछ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का अनुसार पार्टी, नेता–कार्यकर्ता र देशलाई आत्मनिर्भर बनाउने अभियानले व्यावहारिक रूप लिएको छ। “यो केवल पार्टीको होइन, समग्र देश र जनताको साझा अभियान हो,” उनले भने।

पार्टीका स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति सदस्यदेखि स्थानीय तहका कार्यकर्ता खेतबारी, खलियान र गोठालोमै सक्रिय छन्। गत वर्षको अनुभवलाई आधार मानेर यो वर्ष ५० प्रतिशत बढी उत्पादन हुने अपेक्षा गरिएको छ।

sahani furniture udyog

विप्लव स्वयं पनि कृषि उत्पादनमा सक्रिय छन्। अर्घाखाँचीमा अकबरे खुर्सानी, जुम्लामा स्याउ र भेडा पालनमा संलग्न उनी नेतृत्वको पार्टीले देशभर १२० बिघा जमिन भाडामा लिएर विभिन्न खेती गरिरहेको छ।

हिमाली भेगमा स्याउ, पहाडी क्षेत्रमा फलफूल र तरकारी, तराईमा धान र गहुँ खेतीलाई प्राथमिकता दिइएको छ। पार्टीले उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने लक्ष्यसहित अभियानलाई विस्तार गरिरहेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.