मध्यरात तिलौराकोटमा राजकुमार सिद्धार्थको अपमान ? सदस्य सचिव शाक्यको गतिविधि अशोभनिय

0
Quantam abroad studies

कपिलवस्तु, असार २६
२९ वर्षको उमेरमा राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्तिका लागि राजपाट त्यागी दरबार परित्याग गरेको ऐतिहासिक दिनको सम्झनामा कपिलवस्तु नगरपालिका–३ स्थित तिलौराकोट दरबार परिसरको पूर्वी द्वारमा २६२० औँ महाअभिनिष्क्रमण दिवस मनाइएको छ।

गच्छामी मिडिया हाउसको अध्यक्ष मनोज कुमार श्रीवास्तवको अध्यक्षता र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गच्छामी मिडिया ग्रुप, बुद्ध सर्किट, लुम्बिनी विकास कोष, कपिलवस्तु पर्यटन, रेडियो टुरिजम, कपिलवस्तु नगरपालिका, कपिलवस्तु नगरपालिका वडा नं. ३ को कार्यालय आयोजकको रूपमा थिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य गोपीकृष्ण शर्मा, रामनरेश कोहार , कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदीप पौडेल, वडा अध्यक्ष प्रकाश गैरे , कोषका कर्मचारी माधव अचार्य , सजय शर्मा लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। यद्यपि, स्थानिय र आम जनताको उपस्तिथि न्युन देखियो । कार्यक्रममा आयोजक प्रतिनिधि, कर्मचारी, प्रहरी र अतिथि बाहेक करिब एक दर्जन सेरोफेरोमा मात्र स्थानीय नागरिकको सहभागिता देखिएको थियो। त्यो कार्यक्रममा आफै भासण गरि आफै तालि पिटनु पर्ने अवस्थामा थियो ।

sahani furniture udyog

कार्यक्रमको सबैभन्दा विवादास्पद पक्ष सदस्य सचिव शाक्यको प्रतीकात्मक अभिनय रह्यो। मध्यरातमा सम्पन्न उक्त कार्यक्रममा उनले सर्ट, पाइन्ट र छालाको जुत्ता लगाएर घोडा चढी तिलौराकोट दरबारको पूर्वी द्वारबाट बाहिरिए र राजकुमार सिद्धार्थको महाअभिनिष्क्रमण दृश्यको अभिनय गरेका थिए। उपस्थितहरूका अनुसार, उनले हास्यपूर्ण शैलीमा अभिनय गरेजस्तो देखिएको थियो, जसले बुद्धको जीवन र दर्शनप्रति अपमानजनक व्यवहार भएको धेरै ले अनुभव गरेका छ्न । न मौलिकता झल्कने कपडा न त कुनै हाउभाउ नै , मानौ कुनै कमेडिको सुटिङ चल्दै थियो ।

यसरी गम्भीर ऐतिहासिक र धार्मिक प्रसङ्गमा शालीनता र सांस्कृतिक संवेदनशीलता नअपनाइएको त्यहा उपस्तिथ धेरैको भनाइ थियो । हजारौ रुपैया खर्च गरि ल्याइएका दुइ घोडा रमिताको लागि ल्याएको जस्तो नै लागथ्यो ।

यसैगरि लुम्बिनि बिकास कोष र त्यहाका कर्मचारी को तिलौराकोट प्रति गैरजिम्मेवारिपन देख्दा समेत कपिलवस्तुका नागरिक समाज , सरोकारवाला , नेता बुद्दिजिवि मौन हुनु आफैमा लाज्जसपद रहेको छउन्जेल । केहि महिना अघि त्यहाको कर्मचारी को ठाडो आदेशमा बिदेशिलाइ तिलौराकोट दरबार क्षेत्रमा रात बस्न दिनु होस वा अहिले राजकुमार सिद्दार्थको मजाक बनाउनु होस बिबास्पद बन्दै गएको छ । तिलौराकोट बिश्व सम्पदा सुचिमा सुचिकृत हुने लगेको चर्चाको बेला लुम्बिनि बिकास कोष का कर्मचारिको गतिबिधि हेर्दा स्थानिय खिन्न भएका छ्न ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.