
कपिलवस्तु । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह ४६४५ मतान्तरले विजयी भएका छन्। यससँगै शाह पाचौपटक संघीय सांसद बन्न सफल भएका छन्।
महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाको मतगणना सम्पन्न भएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो।
सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार शाहले २३ हजार ५३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले १८ हजार ८९० मत पाएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन्।

निकटतम प्रतिद्वन्द्वीलाई ४६४५ मतले पराजित गर्दै शाहले क्षेत्र नं. ३ मा आफ्नो राजनीतिक प्रभाव कायम राख्दै पुनः विजय हासिल गरेका हुन्।
