देशभर मनसुन सक्रिय, पहाडी र तराई क्षेत्रमा भारी वर्षाको चेतावनी

0
Quantam abroad studies

काठमाडौं । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा नेपालभर मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आकाश पूर्णतया बदली रहनेछ। अधिकांश स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने मधेस प्रदेशसहित कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, साथै एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पूर्णतया बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि साधारण बदली रहने सम्भावना छ। गण्डकी र कर्णालीका पहाडी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

sahani furniture udyog

विशेषगरी सुदूरपश्चिमको पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा हुने जोखिम छ। लुम्बिनीको तराईका केही भाग र गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुने संभावना रहेको छ।

विभागले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला–साना नदी–नालामा पानीको सतह बढ्ने र यातायात अवरुद्ध हुने सम्भावनाबारे चेतावनी दिएको छ। साथै, सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.