आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहने

0
Quantam abroad studies

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहने जानकारी दिएको छ। कोशी प्रदेश र मधेशको तराई, साथै बागमती प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने पूर्वानुमान छ।

विशेषगरी कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्न सक्ने चेतावनी महाशाखाले जारी गरेको छ।

आज राति पनि कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहनेछ।

sahani furniture udyog

गएराति सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। पछिल्लो एक सातादेखि नेपालमा मनसुन केही कमजोर भएको भए पनि स्थानीय स्तरमा वर्षाको गतिविधि भइरहेकै छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.