३७ प्रतिशत घट्याे नेपाल विद्युत् प्राधिकरणकाे नाफा

0
Quantam abroad studies

काठमाडौँ, भदौ — नेपाल विद्युत् प्राधिकरण (नेवि प्रा) को नाफा आर्थिक वर्ष २०८१/८२ मा घटेर ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशत कम हो। गत वर्ष प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार विदेशी मुद्रा (जापानी येन) को अधिमूल्यन, डेडिकेटेड लाइन र सरकारी बक्यौताको हिसाब मिलाउँदा भएको नोक्सानी, प्रशासनिक खर्चको वृद्धि र विद्युत् बिक्री मूल्य घट्नु नाफा कमीका प्रमुख कारण हुन्।

२०७८/८२ को अन्त्यसम्म कुल जडित क्षमता ३,५९१ मेगावाट पुगेको छ। यस वर्ष १५,६४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएकोमा ३४% प्राधिकरण र सहायक कम्पनीहरूबाट, ५५% स्वतन्त्र उत्पादकहरूबाट र ११% भारतबाट आयात गरिएको थियो।

sahani furniture udyog

आन्तरिक विद्युत् खपत १०.७% बढेर ११,३१९ गिगावाट घण्टा पुगेको छ। राष्ट्रिय ग्रिडमा पहुँच करिब ९८% पुगेको छ भने विद्युत् चुहावट ०.४७% ले घटेको छ।

यो वर्ष ४३४ मेगावाट क्षमता थपिएको र प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.